मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिलोमतोमा बालुवाको चोरी निकासी

आइतबार, ०५ असार २०७३, १८ : ०७
आइतबार, ०५ असार २०७३

भक्तपुर – जिल्लाको विभिन्न स्थानमा रहेका वालुवाखानी संचालनमा रोक लगाएको भएपनि जिल्ला प्रशासन, जिल्ला विकाश समिती र प्रहरीको मिलोमतोमा चोरी निकासी भइरहेको राजनितीक दलहरुले आरोप लगाएका छन् । आइतबार अनुगमन पश्चात प्रतिवेदन सार्वजनिक गर्दै अनुगमन टोलीका संयोजक तथा नेपाली काँगे्रस भक्तपुरकका पूर्व सभापति गणेशमान चक्रधरले राजनितीक दलले पटक पटक लिएको सुझाव सरकारी निकायले नमानेको बताए ।

२०७२ असोजमा अख्तियारले अनुसन्धानको लागि बालुवाखानीको फाइल लगेपछि संचालनमा रोक लगाए पनि चोरी निकासी भने रोकिएको छैन । ‘१ करोड ५० लाख बराबरीको बालुवा चोरी निकासी गरेर विभिन्न स्थानमा थुपारीदा समेत प्रशासनले कुनै चासो दिएन्,’ संयोजक चक्रधरले भने । जिल्ला विकाश समितीको आन्तरीक आयको सबै भन्दा ठुलो हिस्सा रहेको बालुवा चोरी निकासी रोकिदा विकाशमा समेत असर परेको नेकपा एमाले भक्तपुरका अध्यक्ष राजेन्द्र राजथलाले बताए । ‘हामीले गरेको सबै आग्रहलाई जिल्ला प्रशासन, जिल्ला विकाश समिती र प्रहरीले सुनुवाई नगरेकाले संञ्ंचारमाध्यमको सहयोग मागेका हौ,’ नेकपा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज डिपी ढकालले भने । अनुगमन समिती प्रतिवेदन सार्वजनिक गर्ने समयमा कुनै पनि सम्बन्धीत सरकारी निकायका प्रतिनीधी उपस्थिती रहेको थिएन। दुवाकोट, झौखेल र चागुँनारायण लगायतका स्थानमा नेपाली कागे्रस, एमाले, माओवादी केन्द्र, राप्रपा, राप्रपा नेपाल, माले, जनमोर्चा, नेमकिपा लगायतका दलले अनुगमन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप