मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार १०.६७ अंकले घट्यो, एक अर्व ६५ करोड ६५ लाखको कारोबार

आइतबार, ०५ असार २०७३, १८ : ०९
आइतबार, ०५ असार २०७३
काठमाडौं– साताको पहिलो दिन आज सेयर बजार १०.६७ अंकले घटेको छ । होटल, फाइनान्स रर उत्पादनमुलक समूह वाहेक अन्य सवै समूहको सेयर कारोवार आइतवार घटेको छ । दिनभर एक सय ३५ कम्पनीका १९ लाख ३१ हजार ९ सय ८० कित्ता सेयरको खरिद बिक्रिवाट एक अर्व ६५ करोड ६५ लाख ६२ हजार ८ सय ३८ रुपैयाँको कारोवार भएपनि बजार भने १६२२.२७ अंकमा ओर्लिएको छ । कारोवार रकम धेरै देखिएपनि अधिकाशं समूहको सेयर कारोवारमा गिरावट आएको छ । केही समयअघि देखि अत्यधिक वढ्दै गएको बीमा समूहको कारोवार ह्वात्तै घटेको छ । बीमा समुहको सूचक १५५.०२, जलविद्युत समूहको १९.८८, बैंक समूहको १०.६६, अन्य समूहको ९.३९ र विकास बैंक समूहको सूचक ४.९३ अंकले गिरावट आएको छ । गत साताको सेयर कारोवारका हिसावले अन्तिम दिन विहीवार बीमा समूहको कारोवारमा भएको उच्च वृद्धिले समग्र बजार १२.४७ अंकले बढेको थियो । बीमा समूहको परिसूचक मात्रै ३३०.५३ अंकले बढेकाले विहीवार बजार १६३२.९४ अंकमा पुगेर अडिएको थियो । यो अहिलेसम्मकै उच्च विन्दु रहेपनि आइतवार भने बजार घटेको हो । विहीवार कारोवारका हिसावले पनि दोस्रो रेकर्ड कायम भएको थियो । १ सय ४० कम्पनीका ५६ लाख ८४ हजार ५ सय ५८ कित्ता सेयर खरिद बिक्रिवाट २ अर्व ५ करोड ९४ लाख १४ हजार ५ सय ४ रुपैयाँको कारोवार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप