मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

छिमेकीको कुटपिटबाट महिलाको मृत्यु

आइतबार, ०५ असार २०७३, १८ : १४
आइतबार, ०५ असार २०७३

राजविराज–सप्तरीको लालापट्टी गाविस–७ मा छिमेकीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट गम्भिर घाइतेकी ७० वर्षकी सावित्री देवी खंगको आइतवार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सावित्रीलाई छिमेकी ५० वर्षको धनिकलाल खंग, निजको ३५ वर्षकी श्रमति कमली खंग र निजकै ३० वर्षको छोरा पञ्चदेव खंगले कुटपिट गर्दा मृत्यु भएको हो । कुटपिटबाट गम्भिर घाइते भएकी सावित्रीको उपचारको क्रममा राजविराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा मृत्यु भएको हो । कुटपिटकै क्रममा मृतकको वुहारी सञ्जु देवी समेत घाइते भएकाले उनको उपचार अञ्चल अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ । सावित्रीको शव अञ्चल अस्पतालको शव गृहमै रहेको र कुटपिट गर्ने मानिस फरार रहेकोले खोज तलाश भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । त्यस्तै, जिल्लाको हर्दिया गाविस–५ मा एक युवकले आइतवार दिउँसो झुण्डिएर आत्महत्या गरेका छन् । भक्तबहादुर वुर्जा मगरको ३३ वर्षको छोरा प्रेमबहादुर वुर्जा मगरले आफ्नै घर नजिकै रहेको आपको रुखमा झुण्डिर आत्महत्या गरेको हो । आत्महत्याको कारण खुल्न नसकेको र प्रहरी घटनास्थलमा पुगि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप