मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फ्रान्सलाई रोक्दै स्वीटजरल्याण्ड अन्तिम १६ मा

सोमबार, ०६ असार २०७३, ०८ : ४८
सोमबार, ०६ असार २०७३

पेरिस – अयोजक फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दै स्वीटजरल्याण्डले युरो २०१६ को अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । आइतबार राती सम्पन्न खेलमा स्वीटजरल्याण्ड र फ्रान्सबीचको खेलमा कुनै गोल हुन नसकेपछि समूह उपविजेता बन्दै स्वीटजरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो । टोलीमा ५ वटा परिवर्तन गरेको फ्रान्सका लागि पाउल पोग्बाले पहिलो हाफमा गरेको दुईवटा प्रहार पोस्टमा लागेको थियो । त्यस्तै अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका डिमिट्री पायेटको प्रयास पनि पोस्टमा नै लागेको थियो । उता, इन्जुरी समयमा बाकारी सान्याले ब्लेरिम जेमाइलीको सर्ट तान्दा स्वीस टोलीले पेनाल्टी पाउन सक्थ्यो । तर, रेफ्रीले त्यसलाई देखेनन् । अब फ्रान्सले समूह सी, डि या ईको तेस्रो टोलीसँग खेल्नेछ । यसको अर्थ सम्भवतः फ्रान्सले उत्तरी आयरल्याण्ड वा रिपब्लिक अफ आयरल्याण्डको सामना गर्नेछ । उता, स्वीटजरल्याण्डले समूह सीको उपविजेतासँग भिड्नेछ । उता, मुख्य प्रतियोगितामा पहिलो जित निकाल्दै अल्बानियाले अन्तिम १६ मा प्रवेश पाउने आशा कायमै राखेको छ । आइतबार राती भएको खेलमा अल्बानियाले रोमानियामाथि १–० को अप्रत्यासित जित निकालेको हो । एफसी जुरिचका अर्मान्डो साडिकुले खेलको निर्णायक गोल गरे । अल्बानिया समूह एको तेस्रो स्थानमा रहेको छ । अब उसले अन्य समूहका खेलहरुको प्रतिक्षा गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप