मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फ्रान्सबिरुद्ध स्वीटजरल्याण्ड – चार खेलाडीको जर्सी च्यातियो, मैदानमै बल पड्कियो

सोमबार, ०६ असार २०७३, ०९ : ०६
सोमबार, ०६ असार २०७३

लिले – आइतबार राती समूह ए अन्तरगत फ्रान्स र स्वीटजरल्याण्डबिरुद्धको खेलमा गोलरहित बाराबरीमात्र चर्चाको विषय बनेन । खेलको दौरान स्वीस खेलाडीहरुको जर्सी बारम्बार च्यातिनु र बल मैदानमा पड्किनु पनि ठूलै चर्चाको विषय बन्यो ।

फ्रान्सका खेलाडीले बारम्बर स्वीस खेलाडीहरुको जर्सीलाई तानिरहेका थिए । जसको कारण एक मात्र होइन, चार–चारजना स्वीस खेलाडीको जर्सी नै च्यातिएको थियो ।

ग्रानिट जाका, ब्लेरिम जेमाइली, अड्मिर मेहमेदी र ब्रिल एमबोलोको जर्सी च्यातिएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफमा म्याच बल नै पड्किएको थियो । फ्रान्स र स्वीस खेलाडी जुध्दा बलनै पड्कन पुगेको थियो ।

त्यस्तै लिलेको मैदानको हालत पनि खेलको दौरान चर्चाको विषय बन्यो । धेरैले मैदानको खराब स्थितिको आलोचना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप