मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा मदिरा सेवनबाट थप दुईको मृत्यु

सोमबार, ०६ असार २०७३, ०९ : ४६
सोमबार, ०६ असार २०७३
गौशाला– महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शुक्रबार राति १० बजेसम्म समूहमै मदिरा सेवन गरेका तीन जनाको शनिबार बिहान २ देखि ४ बजेको समयमा मृत्यु भएको थियो भने अन्य व्यक्ति सिकिस्त भई उनीहरुको उपचार भइरहेको थियो । यसैबीच उपचारको लागि धरान पुगेकी कलावतीको धरानमै र बद्री मल्लिकको मृत्यु जनकपुर अञ्चल अस्पतालमा भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । शनिबार सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्चा मल्लिक रहेको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप