मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रले भन्यो– काबुल विष्फोटमा नेपाली परेकोबारे हामीलाई पनि सूचना छ, पुष्टि गर्ने प्रयासमा छौं’

सोमबार, ०६ असार २०७३, ११ : १७
सोमबार, ०६ असार २०७३

काठमाडौं– परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा भएको आत्मघाती  बम विस्फोटमा नेपाली परेको सूचना प्राप्त भएको भन्दै यसबारे आधिकारिक रुपमा पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले नेपाली परेको बारे आफूहरुकहाँ सूचना आएको भन्दै त्यसको पुष्टिका लागि मन्त्रालय पाकिस्तानस्थित नेपाली दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने काम भइरहेको बताए । ‘घटनामा नेपाली परेको सुचना आएको छ, कति नेपाली परे भन्नेबारे अहिले नै भन्न सक्ने अवस्था छैन’ अफगानिस्तानमा नेपाली दूताबास नभएकाले पाकिस्तानस्थित दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने प्रयास भइरहेको छ ।’ उनले घटनाबारे सत्यतथ्य जानकारी प्राप्त हुनासाथ जानकारी उपलब्ध गराइँदै जाने उनले बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलेसोमबार बिहान भएको उक्त आत्मघाती बम विस्फोटमा नेपाली सुरक्षा गार्डहरु परेको जनाएको छ । विभिन्न रिपोर्टमा बसमा १३ जना नेपाली सुरक्षा गार्ड रहेको बताइएको छ । यद्यपि, एएफपीले भने यो संख्या १४ रहेको उल्लेख गरेको छ । स्थानीय समय अनुसार बिहान ५ बजे आतंकवादीहरुले काबुलको पुल–ए–चार्खिल क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय संस्थाको बसमा विस्फोट गराएका थिए । भवाइस अफ अमेरिकाले भने अफगानिस्तानको गृहमन्त्रलायलाई उद्धृत गर्दै मारिने नेपाली गार्ड रहेको उल्लेख गरेको छ । समाचारमा आत्मघाती आक्रमणकारी बसको छेउमा हिँडेर पुगेर बम विस्फोट गराएका थिए । यता, बिबिसीले बस बिस्फोटमा मारिनेको संख्या १४ रहेको र बसमा नेपाली सुरक्षा गार्डहरु रहेको बताएको छ । समाचारमा तालिवानले घटनाको जिम्मेवारी लिएको बताइएको छ । गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्धकीलाई उद्धृत गर्दै भनिएको छ, ‘विदेशी गार्ड रहेको मिनीबसमा आत्मघाती आक्रमणकारीले बस विस्फोट गराएका छन् । हामी मृतकको पहिचान गर्दैछौं ।’ उनले घटनामा ८ जना घाइते भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप