मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल आक्रमणमा १४ नेपालीको मृत्यु, ९ घाइते : अफगानी गृहमन्त्रालय

सोमबार, ०६ असार २०७३, १४ : ००
सोमबार, ०६ असार २०७३
काठमाडौं, असार ६– अफगानिस्तानको गृहमन्त्रालयले काबुल आक्रमणमा १४ नेपाली कामदारको मृत्यु भएको जनाएको छ । अफगानी गृृह मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै आत्मघाती आक्रमणकारीले नेपाली सवार मिनिबसमा विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको जनाएको हो । विज्ञप्तीमा अरु ९ जना घाइते भएको समेत जनाइएको छ । घाइतेमध्ये ५ नेपाली र ४ अफगानी रहेका छन् । अफगानी गृहमन्त्रालयले घटनाको निन्दा गर्दै मृतकको परिवारप्रति गहिरो समवेदनमा प्रकट गरेको छ । यसैबीच नेपाल सरकारले आत्मघाती बम विस्फोटमा नेपाली परेको सूचना प्राप्त भएको भन्दै यसबारे आधिकारिक रुपमा पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले नेपाली परेको बारे आफूहरुकहाँ सूचना आएको भन्दै त्यसको पुष्टिका लागि मन्त्रालय पाकिस्तानस्थित नेपाली दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने काम भइरहेको बताए । ‘घटनामा नेपाली परेको सुचना आएको छ, कति नेपाली परे भन्नेबारे अहिले नै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘ अफगानिस्तानमा नेपाली दूताबास नभएकाले पाकिस्तानस्थित दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने प्रयास भइरहेको छ ।’ स्थानीय समय अनुसार बिहान ५ बजे आतंकवादीहरुले काबुलको पुल–ए–चार्खिल क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय संस्थाको बसमा विस्फोट गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप