मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कतारमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

सोमबार, ०६ असार २०७३, १२ : ३३
सोमबार, ०६ असार २०७३

दोहा– नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा एक दिवसीय नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । गत शुक्रबार आयोजित पत्रकारिता तालिममा कतारमा रहेका पत्रकारहरु साथै यहाँ स्थापित विभिन्न संघसंस्थाहरुका पदाधिकारिहरु सहित १ सय ७० भन्दा बढीको सहभागीता रहेको थियो । तालिका पत्रकार यज्ञशले दिएका थिए । पत्रकारिता तालिममा उपस्थित सहभागीले पत्रकार र पत्रकारिता साथै लेखनशैलीको बारेमा जिज्ञाषा राखे । उनले राजनितीक , सामाजिक लागयतका विषयमा बन्ने समाचारहरु बारे प्रष्ट पारेका थिए । आधारभूत पत्रकारिताका लागी आवश्यक सामाग्रीहरुको बारेमा उनले प्रष्ट पारे ।

त्यस्तै एक दिवसीय नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिममा पत्रकार होम कार्कीले संघसंस्थाबाट आउने समाचारको बारेमा तालिम दिए । समाचारलाई प्रभावकारिता बनाउन र समाचारको मुख्य आसयलाई प्रस्तुत गर्नु पर्ने शैलीबारे उनले प्रष्ट पारे । विशुद्ध भाषणरहित कार्यक्रमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको सभापतित्वमा सम्पन्न भएको हो । महासंघका सचिव नवराज विकले कार्यक्रमलाई सन्चालन गरेका हुन । नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिममा सहभागी भई सफलता पुर्वक तालिम सम्पन्न गर्ने सहभागीहरुलाई प्रमाण पत्र दिईएको थियो । ‘शान्ती र लोकतन्त्रका लागी पुर्ण प्रेस स्वतन्त्रता’ भन्ने मुलनाराका साथ सन् २००६ मा कतारमा स्थापना भएको नेपाल पत्रकार महासघं कतारशाखाले समय सान्र्धविक विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप