मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा बेलायती स्कुटर, मासिक पाँच हजार किस्तावन्दीमा किन्न सकिने

सोमबार, ०६ असार २०७३, १२ : ३८
सोमबार, ०६ असार २०७३

काठमाडौ–नेपाली बजारमा बेलायती कम्पनीको स्कुटर भित्रिएको छ । आभास इन्टरनेशनले नेपालका लागि आधिकारीक वितरकको रुपमा ‘स्कोम्याडी’ नामको स्कुटर नेपाली बजारमा ल्याएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा सांसद लक्ष्मण राजवंशीले यसको उद्घाटन गरेका छन् । यो नेपालमा पाइने एकमात्र बेलायति कम्पनीको स्कुटर रहेको कम्पनीले जनाएको छ । सातवटा विभिन्न रङमा उपलब्ध यो स्कुटर १२५ सिसिको छ भने यसको मुख्य विशेषता ११ लिटरको फ्युल ट्याङ्की छ । कम्पनीले यो स्कुटरले अरु भन्दा फरक र ग्राहकको मन जित्ने दाबी गरेको छ । राजधानीको महाराजगंजमा मुख्य कार्यालय रहेको कम्पनीले पोखरामा चाँडै शाखा विस्तार गर्ने जनाएको छ । कम्पनीले देशका अरु मुख्य सहरहरुमा सर्भिस सेन्टरसहित अरु शाखा विस्तार गर्ने पनि जनाएको छ । ग्राहकले यो स्कुटर महिनावारी फाइनान्समा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले इएमआई बेसिसमा रहेर महिनाको पाँच हजार इन्टलमेन्टमा खरिद गर्न सक्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप