मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एनआईबिएल क्यापिटलको मोबाइल एप

सोमबार, ०६ असार २०७३, १२ : ४५
सोमबार, ०६ असार २०७३

काठमाडौं–एनआईबिएल क्यापिटल मार्केट्सले आफ्ना ग्राहकलाई लक्षित गरेर ‘एनआईबिएल क्यापिटल मोबाइल एप’ आइएसओ भर्सनमा पनि ल्याएको छ ।

यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डिम्याट एसी लगायतअन्य सेवाहरुको जानकारी लिन सकिने कम्पनीले जनाएको छ । एनआईबिएल क्यापिटल मार्केट्स सम्बन्धि ताजा खबर तथा एनआईबिएल समृद्धि फण्ड–१को बारे पनि जानकारी लिन सकिने जनाइएको छ । एनआईबिएल क्यापिटलले सर्वप्रथम एनरोइड भर्सनको लागि मात्र यो एप सञ्चालनमा ल्याएको थियो । ग्राहकको माग अनुरुप आइएसओ भर्सनमा पनि यसलाई विकासित गरेको जनाइएको छ । ग्राहकले एप स्टोर बाट यसलाई डाउनलोड गरि त्यसमा आफ्नो डिम्याट एसीको पासवर्ड हाली लग इन गरेपछि ग्राहकको चाहाना अनुरुप एपमा रहेका बिशेषताहरु हेर्न सक्ने छन । यस एपबाट आइपीओको निष्काशन, हालसालै गरेको बोनस, नगद लाभांस, हकप्रद शेयरकोबारे पनि जानकारी लिन सक्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप