मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा भएको आतंकवादी आक्रमणको भारतीय प्रधानमन्त्रीद्वारा निन्दा

सोमबार, ०६ असार २०७३, १३ : १५
सोमबार, ०६ असार २०७३

काठमाडौं– अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भत्सर्ना गरेका छन् । सो आक्रमणमा १४ नेपाली कामदारको मृत्यु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत भनेका छन्, ‘काबुलमा भएको त्रासदीपूर्ण घटनाको हामी घोर भत्सर्ना गर्दछौं । अफगानिस्तान र नेपाल सरकार तथा जनताप्रति हार्दिक समवेदनमा ।’

यस्तै मोदीले लगत्तै अर्को ट्वीट गर्दै नेपाल सरकारलाई यस दुःखद घडीमा हरप्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप