मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल आक्रमणः मोदी पछि ओलीको ट्वीट

सोमबार, ०६ असार २०७३, १३ : ३४
सोमबार, ०६ असार २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा आज भएको आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्। उनले ट्वीटरमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यस्तै अर्को ट्वीट गर्दै ओलीले आक्रमणमा परी घाइतेभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । ओलीले घटनाको कडा शब्दमा भत्सर्ना समेत गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री मरेन्द्र मोदीले घटनाको विरोध गर्दै आतंकवादी आक्रमणको भत्सर्ना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप