मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्थायी शिक्षकको धर्नाले शिक्षा कार्यालयको काम प्रभावित

सोमबार, ०६ असार २०७३, १४ : ०१
सोमबार, ०६ असार २०७३

जलेश्वर –जिल्ला शिक्षा कार्यालय महोत्तरीको मुलगेटमा सयौको संख्यामा अस्थाई शिक्षकहरु धर्नामा वसेका छन् । अनुदार र शिक्षाप्रति उदासिन शासक विरुद्ध सो धर्ना भएको भन्दै अस्थाई शिक्षक आन्दोलन समितिका अध्यक्ष राधेश्याम झाको नेतृत्वमा दोस्रो चरणको आन्दोलन गर्दै शिक्षकहरु धर्नामा वसेका हुन् । शिक्षा विधेयक आठौ संशोधनको अस्थाई शिक्षक सम्बन्धी बुंदाको विरोध गर्दै आईरहकेको शिक्षकहरुले प्रकृया पुरा गरि अस्थाई शिक्षकहरुलाई स्थाई गर्न र सर्वोच्च अदालयको परमादेश लागु गर्न मांग गर्दैै देश भरि नै आन्दोलनका कार्यक्रमहरु गर्दै आईरहेका छन् । जिल्ला शिक्षा कार्यालय महोत्तरीको अधुरो तथ्यांक अनुसार जिल्लामा प्राथमिक विद्यालय तर्फ १६८,निम्न माध्यमिक तर्फ ५१ र माध्यमिक तहमा ४६ अस्थाई शिक्षकहरु कार्यरत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप