मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम स्थलमै शौचालय नभएपछि

सोमबार, ०६ असार २०७३, १४ : २१
सोमबार, ०६ असार २०७३

सल्यान–सल्यानको पहिलो नगरपािलकाको रुपमा रहेको शारदा नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पुगेका अतिथ तथा सर्वसाधारणहरु शौचालयको अभावमा झाडिमा शौच गर्न बाध्य भएका छन् । शनिवार सल्यान खलंगामा आयोजित खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम वरपर शौचालय नभए पछि सर्वसाधारण झाडिमा गएर शौच गर्न बाध्य भएका हुन । कार्यक्रम स्थल वरपर कतैपनि शौचालय नभएपछि कार्यक्रमका अतिथि तथा सहभागिहरुको ध्यान कार्यक्रममा भन्दा शौच गर्न कहाँ जाने भन्ने चिन्ताले छाइरहेको थियो । भुगोलका हिसाबले सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको शारदा नगरपालिकाले खुला दिशामुक्त क्षेत्र घोषणा गर्दा कार्यक्रम स्थल वरपर कतैपनि शौचालय नबनाएको भन्दै सहभागिहरुले आक्रोश पोखेका छन् । शनिवार टुडिखेलमा आयोजना गरिएको कार्यक्रममा शौचालयको अभावहुँदा अतिथि तथा सर्वसाधारणहरुले सास्ती व्यहोर्नु परेको थियो । सार्वजनिक स्थानमा शौचालय नहुँदा शौच गर्न नपाएको कार्यक्रममा सहभागि एक नेताले भाषणबाटै भने । राप्रपा नेपालका अध्यक्ष मनोज सिहंले आफु खुला दिशामुक्त क्षेत्र घोषणा गर्न आएको तर घोषणा गर्ने स्थलमै शौचालय नहुँदा आफ्नो ध्यान भाषण र कार्यक्रममा भन्दा पनि शौचालय खोज्नेमा रहेका बताए । कार्यक्रममा सहभागि झन्डै ५ सय सर्वसाधारणहरु शौचालयको अभावमा खुला तथा झाडिमा गएर शौच गर्न बाध्य भएका थिए । कार्यक्रम स्थलमा एउटा पनि शौचालय नहुँदा आयोजकको चरम लापरवाही भएको सर्वसाधारणहरुको भनाई रहेको छ । ७ गाविस गाभिएर निमार्ण भएको नगरपालिकाको कार्यक्रममा सर्वसाधारणहरुको उपस्थिति समेत न्युन रहेको थियो । खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमले जति चिन्ता चासो र महत्वका साथ लिनु पथ्र्यो कार्यालयले त्यति लिन नसक्दा स्थानीयहरुको सहभागिता न्युन रहेको वृद्धिजिविहरुको धारणा रहेको छ । कतै पय घरमा अझै पनि शौचालय निमार्ण नभएको समेत स्थानीयहरुले गुनासो गरेका छन । नगरपालिका सबै घरमा अझै पनि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुपमा शौचालय बनेका छ्रैनन कसरी नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरियो अन्यौलमा रहेको नाम नबताउने सर्तमा एक सहभागिले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप