राष्ट्रिय सभाका उम्मेदवारहरु छान्दै एमाले
सोमबार, ०८ माघ २०७४, १० : ४५
काठमाडौँ । नेकपा एमालेको स्थायी समितिको बैठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा आज दिउँसो ३ बजे बस्ने भएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाको लागि एमालेले उम्मेदवार बनाउने २९ जनाको नाम टुङ्याउने स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए ।
२ गते भएको संयुक्त कार्यदलले सिफारिस गरेका सदस्य संख्या हिजो बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बेठकले अनुमोदन गरेको छ ।
आज बस्ने स्थायी समितिको बैठकमा हिजो ओली निवासमा भएको संयोजन समितिमा भएको छलफलको पनि ब्रिफिङ हुने जनाइएको छ ।
एमालेले राष्ट्रिय सभामा उठाउने उम्मेदवारमा महिला, दलित, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिसहित मिलाएर २९ जनाको नाम आज टुङ्ग्याउने नेम्वाङले बताए ।