मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालीहरुको सुरक्षा र घाइतेहरुको उचित उपचारको लागि पहल गर्न माओवादीको माग

सोमबार, ०६ असार २०७३, १५ : ३०
सोमबार, ०६ असार २०७३
काठमाडौं–नेकपा माओवादी केन्द्रले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणको विरोध गरेको छ । पार्टी प्रवक्ता पम्फा भुषालले एक विज्ञप्ती जारी गर्दै उक्त आक्रमणको कडा शब्दमा भत्सर्ना गरेकी छन् । भुषालले आक्रमणमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवार प्रति श्रद्धाञ्जली अर्पणसहित घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेकी छन् । माओवादी केन्द्रले नेपालीहरुको सुरक्षा व्यवस्था गर्न र घाइतेहरुको उचित उपचारको लागि पहल गर्न नेपाल सरकारसँग आग्रह समेत गरेको छ । काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको थियो भने ५ नेपालीसहित ९ जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप