मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल आक्रमणः पूर्ण संयमका साथ एकजुट होऔंः देउवा

सोमबार, ०६ असार २०७३, १५ : ४१
सोमबार, ०६ असार २०७३

काठमाडौं–अफगानिस्तानको राजधानी कावूलमा सोमबार विहान भएको आत्मघाती आक्रमणका नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको थियो भने अन्य ५ जना नेपाली र ४ जना अफगानी नागरिक गम्भीर घाइते भएका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दै अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीहरुको पाशविक, क्रूर र बर्बर हत्याले सम्पूर्ण नेपालीहरु स्तब्ध र अत्यन्त दुःखीत भएको भन्दै यो पाशविक हत्याबाट राष्ट्र शोक विह्वल र उद्देलित भएको बताएका छन् ।

विज्ञप्तीमा देउवाले भनेका छन्, ‘घटनामा परी मृत्युवरण गर्नु भएका सबै नेपालीहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

देउवाले नेपाल र अफगानिस्तानले बेहोर्नु परेको शोक विह्वलको यो घडीमा पूर्ण संयमका साथ एकजुट भएर अघि बढ्न सबैलाई आग्रह समेत गरेका छन् ।

देउवाले मृतकहरुको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था, घाइतेहरुको उपचारको प्रवन्ध, मृतक तथा घाइतेहरुका परिवारजनहरुलाई उचित क्षतिपूर्तिको प्रबन्धका लागि कुटनीतिक पहल गर्न सरकारसाग माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप