मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार ओर्लियो, जलविद्युत र फाइनान्स बाहेक सबै घटे

सोमबार, ०६ असार २०७३, १५ : ५०
सोमबार, ०६ असार २०७३

काठमाडौं– साताको दोस्रो दिनपनि नेप्से परिसूचक ७.१७ अंकले घटेको छ । आइतवार १०.६७ अंकले घटेको नेप्से आज ७.१७ अंकले घटेपछि सेयर बजार एक साता अघिकै विन्दु १६१५ अंकमा पुगेको छ । अघिल्लो साताको मंगलवार २ अर्व १९ करोड ७८ लाख रुपैयाँको कारोवार सहित नेप्से परिसूचक ४.५६ अंकको वृद्धि लिएर बजार १६१४.१५ अंकमा पुगेर अडिएको थियो । सोमवार जलविद्युत र फाइनान्स समूह वाहेक अन्य सवै समूहको परिसूचक घटेको छ । जलविद्युत समूहको सूचक १७.०३ र फाइनान्स समूहको २.९५ अंकको वृद्धि देखिएपनि एक सातादेखि वजारमा तहत्का मच्चाइरहेको बीमा समूहको सूचक भने १२८.३४ अंकले गिरावट आएको छ । यस्तै, उत्पादन समूहको सूचक ३६.३२, होटल समूहको १६.८१, विकास बैंकको ७.०५ र बैंकिङ समूहको सूचक सोमवार ४ अंकले घटेका छन् । दिनभर १३५ कम्पनीको १८ लाख ४५ हजार ८ सय ७२ कित्ता सेयर खरिद विक्रिवाट एक अर्व १९ करोड ६८ लाख ३९ हजार १ सय ५४ रुपैयाँको सेयर कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप