मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसडर धुर्मुस र सुन्तली

सोमबार, ०६ असार २०७३, १६ : ०४
सोमबार, ०६ असार २०७३
काठमाडौं–सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नियुक्त भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट सीताराम कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । व्यावसायिक गतिविधिका साथ–साथै सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाई रहेको सिटी एक्सप्रेसले पछिल्लोपटक भूकम्प प्रभावितका निमित्त सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधीन नमुना बस्तीका लागि १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेसले व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्व पनि बहन गरेको र आगामी दिनमा पनि फाउन्डेसनले गर्ने सम्पूर्ण सामाजिक कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेकाले ब्रान्ड एम्बेसडरको रूपमा अगाडि बढ्ने निर्णय गरेको कलाकारद्वय धुर्मुस–सुन्तलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप