मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धुमुर्स–सुन्तली फाउण्डेशनलाई पौने ३ लाख सहयोग

सोमबार, ०६ असार २०७३, १६ : ३९
सोमबार, ०६ असार २०७३

काठमाडौं–रोटर्याक्ट नेपाल डिष्ट्रिक्ट ३२९२ ले परोपकारी संस्था धुर्मुस–सुन्तली फाउण्डेशनलाई पौने ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । रोट¥याक्ट नेपालको शनिबार राजधानीमा सम्पन्न नवौं डिष्ट्रिक्ट लिडरसीप ट्रेनिङ्ग सेमिनार (डिएलटिएस) मा धुर्मुस–सुन्तली फाउण्डेशनलाई २ लाख ८० हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । रोट¥याक्ट क्लब अफ बुटवलको संयोजनमा “म नेपाली” पेजबाट अमेरिकामा बस्ने नेपालीबाट संकलित २ हजार ६ सय ८० डलर रकम रोटरी डिष्ट्रिक्ट ३२९२ को आगामी रोटरी वर्ष २०१६–१७ का गभर्नर जया राज्यलक्ष्मी शाहले कुञ्जना घिमिरे (सुन्तली)लाई प्रदान गर्नुभएको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले भुकम्प पीडितहरुका लागि सुरक्षित आवास निर्माणको काम गर्दै आएको छ । कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ सन् २०१६÷१७ की डिष्ट्रिक गभर्नर जया राज्यलक्ष्मी शाहले रोटरीले संचालन गर्दै आएको सामाजिक कार्यलाई अगाडि बढाउन रोट¥याक्ट नेपालले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले मातृ संस्थाको रुपमा रोटरी क्लबले रोट¥याक्ट क्लबहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रोटरी डिष्ट्रिक्ट ३२९२ का पुर्व गभर्नर तीर्थमान शाक्यले रोटरी नेपाल लिट्रेसी मिसनको बारेमा जानकारी गराउनुभएको थियो भने रोटारियन एवं पूर्व मिस नेपाल श्वेता सिंहले युवाहरुको व्यक्तित्व तथा पेशागत विकास विषयमा रोट¥याक्टरहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा रोटारियनहरु अनिल श्रेष्ठ, विष्णु बहादुर कार्की, रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ का वर्ष २०१५÷१६ का डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टीभ समिर नेपाल, वर्ष २०१६÷१७ का डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टिभ सुशील कुमार कार्की लगायतले रोट¥याक्ट मुभमेन्टको विषयमा बोल्नुभएको थियो । एक दिने नवौं डिष्ट्रिक्ट लिडरसीप ट्रेनिङ्ग सेमिनारमा मुलुकभरबाट करिब ७ सय ५० जना रोट¥याक्टरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रोटरी वर्ष २०१६÷१७ का लागि चयन भएका क्लवहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष, क्लवको विभिन्न तहका अफिसरहरुलाई तालिम दिइएको थियो । कार्यक्रम रोट¥याक्ट क्लव अफ रुद्रमति ववरमहल, रोट¥याक्ट क्लव अफ न्युरोड सिटी काठमाण्डौ र रोट¥याक्ट क्लव अफ मनोहराको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा रोटरी बर्ष २०१५–१६ मा विभिन्न विधामा उत्कृष्ट काम गर्ने रोट¥याक्ट क्लब तथा रोट¥याक्टरहरुलाई सम्मान पनि गरिएको थियो । मुलुकभर रहेका ९८ वटा रोट¥याक्ट क्लबमा आवद्ध यसका सदस्यहरुले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । रोट्याक्ट क्लवमा आबद्ध नयाँ तथा पुराना सदस्यहरुलाई नेतृत्व विकासका क्षेत्रमा दख्खल र शसक्त बनाउने उद्देश्यले रोट¥याक्ट नेपाल डिष्ट्रिक ३२९२ ले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप