मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल एक समुदायको राष्ट्र हुन सक्दैनः ठाकुर

सोमबार, ०६ असार २०७३, १७ : ४१
सोमबार, ०६ असार २०७३

कावासोती – तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले नेपाल कुनै एक समुदायको मात्र राष्ट्र हुन नसक्ने बताएका छन् ।नवलपरासीको परासीमा तमलोपाको प्रथम महाधिवेशनमा सम्बोधन गदै उनले यस्तो बताएका हुन् । उनले राज्यका हरेक निकायमा जनसंख्याका आधारमा मधेशीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्ने भन्दै एक जातिको शासनले नेपाललाई सबैको राष्ट्र भएको अपनत्व नभएको बताए । नेपालमा मधेशी र जनजाति मात्रै भएको उनको दावी छ । ‘दुई वटा जातिहरुको बसोबास रहेको नेपालमा तेस्रो भूइफुट्दा जाति छन्’, उनले भने –“त्यो भूइफुट्दा बनेको खस आर्य हुन् । उनीहरुले हामी माथि शासन गरेका छन” । मधेश भूमी हाम्रो हो –‘ मधेश स्वयतत्ता चाहियो ’ । ३६ पटक वार्ता हुदा पनि पनि सत्ता धारी दलले धोका दिएका उनले आरोप लगाए । उनले संबिधान सम्बोधन पनि धोका भएको बताए । एक सय ६५ निर्वाचन क्षेत्र मध्ये ७० क्षेत्र सत्ताधारीको हातमा गएको बताउँदै उनले भने –‘ सत्ताधारीले खस आर्य जन्माए, त्यसैको कारण कर्णाली प्रदेश बनेको छ ’ । मधेशमा अशान्ति रहेको भन्दै उनले माग पुरा नभए सम्म सिहंदरवार घेरिरहने बताए । ‘मधेश जबसम्म स्वायत्त हुदैन तव सम्म आन्दोलन रोकिन्न’, उनले भने ।

तराई मधेशले ५२ प्रतिशत हिस्सा राज्यका हरेक तहमा पाउनु पर्ने उनको जिकिर थियो । महाधिवेनमा २७ जिल्लाका १२ सय प्रतिनिधि सहभागी छन् । ६ , ७ र ८ गते सम्म महाधिवेशन चल्ने छ । महाधिवेनको उद्घाटन सत्रमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष पशुपति शमशेर जवरा, भारतीय जनता पार्टीका अध्यक्ष भागवतसिंह कोशीयारी, उत्तर प्रदेश बिधान सभामा सभामुख माताप्रसाद पाण्डे, लगायका राजनैतिक दलका नेताहरु सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप