मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिद्वारा काबुल आक्रमणको निन्दा

सोमबार, ०६ असार २०७३, २२ : ०४
सोमबार, ०६ असार २०७३

काठमाडौँ, ६ असार - उपराष्ट्रपति नन्दबहादुर पुनले अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गरेको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु र पाँच नेपाली घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज वक्तव्य प्रकाशन गर्दै रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपालीमाथि भएको मानवता विरोधी घटनाकोे भत्र्सना र निन्दा गर्नुभएको छ । उपराष्ट्रपतिले उक्त हमलामा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । उहाँले निहत्था नेपालीलाई निशाना बनाएर हमला गर्ने आततायीलाई कानुनको दायरामा ल्याउन विश्व नै एकजुट हुनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ । अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि नेपाल र अफगान सरकारको ध्यानाकर्षण गराउँदै उहाँले त्यहाँ कार्यरत नेपालीलाई आफ्नो सुरक्षाप्रति सचेत रहन अनुरोध गर्नुभएको छ । उपराष्ट्रपतिले काबुल हमलामा दिवङ्गत नेपालीको पार्थिव शरीरलाई तुरुन्तै नेपाल ल्याउन र घाइतेको उपचारमा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको वक्तव्यमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप