मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बदेलको आक्रमणबाट महिला गम्भीर

मङ्गलबार, ०७ असार २०७३, १० : ५३
मङ्गलबार, ०७ असार २०७३

रौतहट–रौतहटको पश्चिमी भेगस्थित जंगली बंदेलको आक्रमणबाट एकजना महिला गम्भीर घाईते भएकी छन् । स्थानिय कटहरीया गाविस १ हर्षाहाटोल छेउ लालबकैया नदी किनारबाट घाँस लिएरआउने क्रममा बिगु यादवको ४० बर्षिया श्रीमती उमिर्ला यादव माथी सोमवार साँझ उक्तबंदेलले आक्रमण गरेको थियो । घाईते महिलाको बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ । बंदेलको आक्रमणबाट महिलाको ढाड–छातीमा गहिरो घाउ भएको र बंगुरले महिलाको दाहिने हातको अधिकांस मासु खाईदिएको उनका श्रीमान बिगु यादवले बताएका छन् । पछिलो केही महिनादेखि भसेढवा,कटहरीया,मर्यादपुर,कर्कचकर्मैया लगायतका गाविस स्थित लालबकैया नदीकिनारमा रहेको उँखुघारी,काँसघारीलाई सुरक्षित बासस्थल बनाई दर्जर्नौ जंगली बँदेल बस्दै आएका छन् । केही सातादेखी लक्षमिनिया,बुनियाद लगायतका गाँउका मुसहर समुदायका युवाहरुले पटक पटक लखेटेर बँदेलको सिकार गर्नथाले पछी बंदेलहरु आक्रोसित भई घँसीया माथी आक्रमणगर्न थालेको स्थानियहरुले बताएका छन । एकसाता अघिमात्र सिकार गर्न गएका भसेढवा गाविसका एकजना र लक्षमिनियाका एकजनागरी दुईजना युवक बंदेलको आक्रमणबाट गम्भिर घाईते भएका थिए । स्थानिय किशानहरुले लगाएको बाली नाली पछिलो केही समय देखी निलगाई र बंदेलले सखाप गर्नथाले पछी हैरान भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप