मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको पुर्व हवल्दार पेस्तोलसहित बालाजुबाट पक्राउ

मङ्गलबार, ०७ असार २०७३, १० : ५५
मङ्गलबार, ०७ असार २०७३

काठमाडौं–एक वर्षअघि नेपाली सेनाको जागिर छाडेका रण बहादुर ढकाललाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । ७ दशमलव ६५ क्यालिवरको अमेरिकन पेस्तोल बोकेर लुटपाट गर्न हिँडेका ढकाललाई बालाजुस्थित नयाँ पुल बाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । २०६० सालबाट नेपाली सेनामा भर्ना भएका ढकालले २०७१ मा जागिर छाडेको बताईएको छ । सेनाको पुर्व हवल्दार रहेका ढकाल पेस्तोल बोकेर लुटपाट गर्ने योजनासहित हिँड्दै गर्दा गत राती उनलाई नियन्त्रणमा लिईएको डिएसपी राठौरले बताए । गोरखा स्थायी घर भएका ढकालको साथबाट ५ राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप