मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१२ नेपालीको शब ल्याउन अफगानिस्तानमा जहाज पठाउने सरकारको निर्णय

मङ्गलबार, ०७ असार २०७३, १२ : ३१
मङ्गलबार, ०७ असार २०७३

काठमाडौ– सरकारले आतंककारी आक्रमणमा मारिएका १२ नेपालीको शब तथा घाइतेलाई  स्वदेश ल्याउनको लागि अफगानिस्तानमा   जहाज पठाउने भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले १२ नेपालीहरुको शबका साथै घाइतेहरुलाई लिन अफगानिस्तानमा जहाज पठाउने सरकारले निर्णय गरेको जानकारी दिए ।

थापाले जहाज पठाउनका लागि आवश्यक तयारी भइरहेको भइरहेको भन्दै  दुःखको यस घडीमा  मृतक र घाइतेलाई  स्वदेश फर्किउन सरकारले  निकै गम्भीरताका साथ काम गरिरहेको बताए ।

काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा १२ नेपाली र २ भारतीय नागरिक गरी १४ जनाको ज्यान गएको थियो भने अन्य ९ जना घाइते भएका थिए । घाइतेमध्ये ७  जना नेपाली छन् ।

बम हमलामा ज्यान गुमाउनेहरुमा काठमाडौंका चन्द्र बहादुर रानामगर, वीरबहादुर सुवेदी क्षेत्री , हरिबहादुर बरुवाल क्षेत्री , लमजुङका अमृतबहादुर थापा, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लीलबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्यांजाका सुकबहादुर गुरुङ, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङ रहेका छन् ।  यस्तै भरत देहरादूनका गणेश थापा र गोविन्द सिंहको पनि सो आक्रमणमा ज्यान गएको थियो  ।

आक्रमणमा  मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानबहादुर थापा, कृष्णबहादुर देउजा, सुर्खेतका अमृत रोकाया क्षेत्री र नुवाकोटका च्याङबा तामाङ घाइते भएका थिए । बम हमलामा परेका  नेपालीहरु काबुलमा रहेको क्यानेडाली राजदूतावसमा कार्यरत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप