मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

घरको छतबाट खस्दा मजदुरको मृत्यु

मङ्गलबार, ०७ असार २०७३, १३ : ३३
मङ्गलबार, ०७ असार २०७३

दाङ –घरको छतबाट खस्दा दाङमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिसहनिया गाविस वडा नम्बर १ निवासी बर्र्ष २० का रिसमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरी घर निर्माणको कामका लागि घोराही नगरपालीका ११ मा बस्दै आएका थिए । उनि आज विहान छत बाट खसेको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता प्रकाशराज शर्माले बताए । उनको शव पोष्र्टमाटमका लागि राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा राखिएको छ । यस्तै हिजो मृत अवस्थामा एक जनाको शव फेला परेको छ । घोराहि ८ रातामाटा बस्ने बर्ष १६ का अर्जुन सुनारको शव फेला परेको प्रहरीले बताएको छ । केहि दिन अघि देखि हराई रहेका सुनारको शव मनकामना सामुदायिक बनमा फेला परेको हो । यि दुवै घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता शर्माको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप