मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इटहरी जलमग्न हुँदा... (फोटोफिचर)

मङ्गलबार, ०७ असार २०७३, १३ : ४०
मङ्गलबार, ०७ असार २०७३

इटहरी– चार घण्टासम्म परेको अविरल वर्षाले इटहरी जलमग्न भएको छ । इटहरी उप–महानगरपालिका घोषणा भए पनि यहाँको खोला र ढल निकासको उचित व्यवस्थापन नहुँदा हरेक बर्ष इटहरी जलमग्न हुने गरेको हो । इटहरी क्षेत्रका २० बर्ष पुराना ढलको उचित सरसफाई र ढलको मर्मत नगर्दा यो समस्या आउने गरेको छ । साथै इटहरी आसपाँसबाट बग्ने खोलाहरु पनि पुरिदा बाढी मानव बस्ती तर्फ पस्दा घरहरु डुबानमा परेका छन । इटहरीको १, ७,८ र ९ नंम्बर वार्ड मा बाढी पसेर करिब ६ सय बढी घरहरु डुबानमा परेका छन । बिषेश गरी इटहरीको टेग्रा खोलामा आएको बाढी मानव बस्ती तर्फ पसेको हो । प्रत्येक बर्ष बर्खायाममा खोला सफाई नगर्दा बाढी बस्ती तर्फ पस्ने गरेको छ । स्थानियका अनुसार बाढी घरघरमा पसेर लत्ताकपडा, अन्नपात तथा घरमा क्षती पुगेको छ । केहीको घर बाढीले बगाएको छ भने बस्ती बाढीको जोखिममा परेको छ । इटहरीको मुख्य चौकमा समेत बाढी पसेको छ । इटहरी ८ मा घर भित्र ३ फिट सम्म पानी जमेको छ । घर भित्र बाढी पसेपछि स्थानियहरु बिचल्लीमा परेका छन् । इटहरीमा बाढी पसेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । इटहरी उप–महानगरपालिकाले ढल तथा खोलाको सफाईमा ध्यान दिन नसक्दा बर्खायाममा इटहरी सधै जलमग्न हुने गरेको छ । इटहरीका धेरै जसो ढल पुरिएका छन भने खोलाको सफाई नगर्दा यो बिपत्त आइपर्ने गरेको इटहरीका स्थानियले बताएका छन् । अझै पनि पानी नरहेका कारण इटहरी थप डुबानमा पर्ने जोखिमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप