मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अफगान पुगेको ११ दिन नबित्दै पर्वतका २ जना मारिए

मङ्गलबार, ०७ असार २०७३, १३ : ५८
मङ्गलबार, ०७ असार २०७३

पर्वत–अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विष्फोटनमा परी पर्वतका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका २ का विदुरबहादुर सुवेदी क्षेत्री र कार्कीनेटा गाविस वडा नं. ६ का नविनबहादुर क्षेत्री रहेका छन् ।

पछिल्लो समय कुश्मा नगरपालिका २ का विदुर परिवार सहित काठमाडौमा बस्दै आएका थिए । गत महिना छुट्टिमा आएका सुवेदी क्षेत्री ११ दिन अघि मात्रै २८ जेठको उडानमा त्यहाँ पुगेका थिए ।

परिवारका ४ भाई मध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकास प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानमा पुगेको स्थानीय छिमेकी चित्रबहादुर क्षेत्रीले जानकारी दिए । उनको दुई छोरा र श्रीमती काठमाण्डौको गोंगुबुमा बस्दै आएका छन् ।

उनको जन्म गाउँ पाङ भने उनको मृत्युले शोकमा डुवेको छ । काबुलमा सोमबार बिहान त्यहाँको स्थानीय समयानुसार ५ः४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा परि १२ नेपालीसहित  १४ जनाको मृत्यु भएको थियो । यता नविन क्षेत्रीको मृत्युको खबरले पनि कार्कीनेटा शोकमा डुवेको छ । शसस्त्र प्रहरी बलमा कार्यरत रहेर अवकास पछि २०६५ साल देखि अफगानमा सेक्युरेटी गार्डमा रोजगारीका लागि गएका थिए । उनी बेलाबखत घरमा आउने जाने क्रममा जेष्ठ २८ गतेकै दिन अफगान प्रस्थान गरेका थिए ।

कार्कीनेटा गाविस वडा नं. ६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नविन परिवारका माइला छोरा हुन् । उनका बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमा सहित १ श्रीमती र १ छोरी रहेका छन् । उनको श्रीमती र छोरी पनि काठमाण्डौमा नै बस्दै आएको क्षेत्रीका दाई (मामाका  छोरा ) कमल खत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप