मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ

मङ्गलबार, ०७ असार २०७३, १६ : ३३
मङ्गलबार, ०७ असार २०७३

काठमाडौं–सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ भएको छ । एक औपचारिक कार्यक्रमका बीच सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो ।

बैंकको एकीकृत कारोबारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले गरेका हुन् ।

आगामी दिनहरुमा बैंकले एक सबल र सुदृढ बैंकका रुपमा आफ्ना ग्राहकहरुका विविध बैंकिङ आवश्यकताहरुलाई अझ प्रभावकारी रुपमा पुरा गर्ने लक्ष्य लिएको छ ।

मर्जरपश्चात् सिद्धार्थ बैंकको कुल पुँजी रु ३ अर्ब २ करोड भएको छ भने बैंकले रु. १ अर्ब ९० करोड मुनाफा (कर्मचारी बोनस र कर व्यवस्था अघिको)र रु. १ अर्ब १६ करोड खुद मुनाफा आर्जन गर्दै रु. ६२ अर्ब १०करोड कुल निक्षेप संकलन गर्न र रु. ५३ अर्ब ६४करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।

बैंकले नेपालभर ६९ शाखा, ८१ ए.टि.एम र ६५ स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप