मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भैंसी चराउन जाँदा प्रहरीद्वारा बलात्कृत महिलाले इशारै इशारामा यसो भनिन्

मङ्गलबार, ०७ असार २०७३, १७ : १९
मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– उनी थापाथलीस्थित प्रसुति गहको बेडमा थिइन् । मंलबार हस्पिटल पुगेका सांसद तथा सामाजिक न्याय नथा मानवअधिकारी समितिका सभापति सुशिल श्रेष्ठले सोधे, ‘कति जना थिए ?’ निशा थारु (नाम परवर्तन) ले कुरा बुझिनन् । पहिल्यैदेखि बोल्न नसक्ने तर हातको इशाराले कुरा गर्दा बुझ्ने उनलाई श्रेष्ठले हातको इशालाराले सोधे ‘कति जना थिए, दुई–पाँच या दश ?’

श्रेष्ठले दुवै हातको दश औंला देखाएपछि उनले हातको इशाराले जवाफ दिइन्, ‘दश जना थिए, मलाई जिउभरी टोकेर घाईते बनाए, मुखमा हिर्काए अनि बलात्कार गरे ।’ कपिलबस्तुको चन्द्रौटास्थित नौडिहा गाउँमा गएको जेठ ३० गते दश जना सशस्त्र प्रहरीको बलात्कार शिकार भएकी निशाको अवस्था बुझ्न मंगलबार सभापतिसहित समितिका सदस्यहरु थापाथली हस्पिटल पुगेका थिए ।

पीडितसँगको भेटपछि समितिका सभापती श्रेष्ठले भने, ‘पीडितको भनाई अनुसार दश जना प्रहरीले उनिमाथी बलात्कार गरेको बुझियो, यसरी ब्यारेकमा बस्ने अपराधिहरु जो सुकै भएपनि सजाय दिनुपर्छ ।’

निशालाई सजाय दिलाउन संसदिय समितिको तर्फबाट आफूले गृह मन्त्रालय र स्थानीय प्रशासनसँग कुरा गर्ने जानकारी दिँदै श्रेष्ठले भने, ‘यो जघन्य अपराधमा संलग्नलाई न्याय दिने सवालमा कुनै मोलाहिजा गरिनुहुन्न ।’

घटना घटेको ९ दिन सम्ममा घटनामा संलग्न दुई जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको बताइएको छ । निशाको उपचार थापाथली अस्पतालले निःशुल्क गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

भैंसी चराउन जाँदा बलात्कारको शिकार जेठ ३० गते दिउँसो ३ बजेतिर कपिलवस्तुको शिवनगर नगरपालिकास्थित नौडिहा गाउँकी निशा थारु (नाम परिवर्तन) भैंसी लिएर जंगल गएकी थिइन् ।

एक्लो छोराको साथमा बस्दै आएकी इशाराको भरमा मात्र कुरा बुझ्ने निशा भैंसी लिएर राती सात बजेसम्म घर नफर्र्किपछि छिमेकीहरु उनको खोजिमा लागे । ‘सात बजेसम्म भैंसि लिएर नफर्केपछि हामी खोज्न निस्कियौं’ पीडितकी भाउजु रामदुलारी थारु भन्छिन्, ‘हामीले उनलाई शरीरभरी दाँतको डोबसहित बेहोस अवस्थामा जंगलमै भेट्टायौं ।’

छिमेकी र आफन्तले भेट्दा बलात्कृत महिलाको मुख सुन्निएको थियो, कपडा च्यातिएका थिए । जंगल नजिकैको एक घरमाा लगेर पिडीतलाई राखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय प्रहरीले अनुसन्धानका क्रममा पीडित महिला बेहोस भएर ढलेको केही पर एक युवाको टिर्सट, चप्पल र सावुन भेट्टियो । सोधखोज गर्दै जाँदा एक शसस्त्र प्रहरीका जवानले भने, ‘यो टिसर्ट हाम्रो ब्यारेकको साथीको हो ।’

घटनास्थल नजिकै शसस्त्र प्रहरीको ब्यारेक थियो । यहि क्रममा दुई शसस्त्र प्रहरीका जवान पक्राउ परेका हुन् । बलात्कारमा संलग्न अन्य ८ जना पक्राउ पर्न सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप