मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीमा दुईको मृत्यु

मङ्गलबार, ०७ असार २०७३, १८ : २१
मङ्गलबार, ०७ असार २०७३

इटहरी– सुनसरी जिल्लाको विभिन्न स्थानमा आज भएका घटनामा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान इटहरी उपमहानगरपालिका–४ स्थित कचना मन्दिर नजिक घर भएका ६६ वर्षीय रामबहादुर बराईलीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

बिहान घरमा बाढी आएपछि बाहिर निक्लिएर हिँडेकी बराईलीको खाल्डोमा परेर निक्लन नसकेपछि त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता इटहरी–१७ बालग्राम क्षेत्रका ५० वर्षीय भानुभक्त तिम्सिनाको घरको छतमा जमेको पानी हटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

छतमा जमेको पानी फाल्ने क्रममा ११ हजार भोल्टको विद्युत् तारमा अकस्मात छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप