मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘रखैल’मा किन गरे दिनेशले करिश्माको हत्या (भिडियोसहित)

मङ्गलबार, ०७ असार २०७३, ०६ : १७
मङ्गलबार, ०७ असार २०७३

काठमाडौं – अहिले हाम्रो देशमा पनि लिभिङ टु ग्यदरिङ अर्थात विवाह नगरि युवा यवती सँगै बस्ने प्रचलन बढेको छ । सोही विषयमा एक लघु चलचित्र बनाईएको छ । शो लघु चलचित्रलाई एनएचएस मिडियाले निर्माण गरेको छ ।

लघु चलचित्रको नाम भने ‘रखैल’ राखिएको छ । आफ्नो जीवन भरिको कमाइ सबै आफूले विश्वास गरेको एकै कोठामा बस्ने युवकलाई दिँदै गइकी हुन्छिन् । तर, केटीले केटाको मनको कुरा पटकै बुझ्न सक्दिनन् । अन्त्यमा सोही केटाको हातबाट मृत्यु हुन्छ ।

यहि कथामा आधारित रहेर लघु चलचित्र ‘रखैल’ निर्माण भएको छ । चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् भने निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् । चलचित्रमा रामेश्वर हुमागाईको छायांकन र युवराज खत्रीको सम्पादन रहेको छ ।

जसमा पत्रकार तथा कलाकार दिनेस थापा, करिश्मा पौडेल र लक्ष्मी कार्कीको सशक्त अभिनय रहेको छ । ‘रखैल’लाई एनएचएस मिडियाले आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप