मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीद्वारा इलाका प्रशासन कार्यालयको उद्घाटन

मङ्गलबार, ०७ असार २०७३, १९ : ४२
मङ्गलबार, ०७ असार २०७३

कलैया– गृहमन्त्री शक्तिबहादुर बस्नेतले आज बाराको निर्वाचन क्षेत्र नं १ अन्तर्गत सिम्रोनगढ नगरपालिकामा एक समारोहबीच इलाका प्रशासन कार्यालयको उद्घाटन गरे ।

सो अवसरमा उनले वर्तमान सरकारले जनतालाई सरकारी सेवा सरल, सुलभ तरिकाबाट उपलब्ध गराउन प्रत्येक क्षेत्रहरुमा सरकारी कार्यालयको स्थापना गरिने बताए ।

उनले इलाका प्रशासनको स्थापना सँगसँगै नापी र मालपोत कार्यालयको पनि स्थापना गरिने उल्लेख गरे ।

मन्त्री बस्नेतले राष्ट्रियता, भौगोलिकता, अखण्डता, नेपाली जनताको अधिकार संविधानमा संशोधन नहुने कुरा बताउँदै उहाँले अङ्गीकृत नागरिकबाट जन्मिएका छोराछोरीको वंशजको नाताले नागरिकता पाउने व्यवस्था पनि संविधानमा गरिएको कुरा बताए ।

सो अवसरमा उनले ज्येष्ठ नागरिक चाद मोहम्मद र युवा धिरजकुमार गुप्तालाई नेपाली नागरिकताको प्रमाणपत्र पनि प्रदान गरे ।

गृहसचिव नारायणगोपाल मलेगोको सभापतित्वमा भएको उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले यस क्षेत्रका जनताले अब सहजरुपमा सेवा पाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप