मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अठार किलो चरेससहित तीन युवक पक्राउ

मङ्गलबार, ०७ असार २०७३, १९ : ४४
मङ्गलबार, ०७ असार २०७३

इलाम– इलामको पशुपतिनगर–४ फाटकबाट प्रहरीले १८ किलो चरेससहित तीन जना युवकलाई आज बिहान पक्राउ गरेको छ ।

डब्लुबी ७६/७४६६ नम्बरका भारतीय टाटासुमो गाडीबाट १८ किलो लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।

पक्राउ पर्नेमा धादिङ सेर्तुङ–२ का ३५ वर्षीय बुद्धिलाल तामाङ, रूपन्देही गजेडी–७ का होमबहादुर पुन र टाटा सुमो चालक भारत दार्जिलिङस्थित सुकिया पोखरीका मिलन भनिने टासी शेर्पा छन् । उनीहरूबाट प्रहरीले भारतीय एक हजार दरका २० थान, पाँच सय दरका ५३ थान र नेपाली एक हजारको ७० थान नोट समेत बरामद गरेको छ । पक्राउ गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप