मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल घटनाका घाइतेको उपचार नयाँ दिल्लीमा हुँदै

मङ्गलबार, ०७ असार २०७३, १९ : ५२
मङ्गलबार, ०७ असार २०७३
काठमाडौं-अफगानिस्तान घटनाका घाइतेहरुको उपचार भारतको नयाँदिल्लीमा भइरहेको छ । कृष्णबहादुर देउजा र मानबहादुर थापालाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको हो । नेपाली कामदार कार्यरत कम्पनीको बिमाअनुसार अन्य तीन घाइतेलाई पनि नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताउँदै परराष्ट्र मन्त्रालयमा प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । घाइते च्याङवा तामाङको अवस्था अन्य घाइतेको भन्दा गम्भीर भएकाले कम्पनीले चिकित्सकको सल्लाहपछि मात्र नयाँ दिल्ली लैजाने उनले बताए ।   प्रवक्ता पौडेलले अवैधानिक रुपमा अफगानिस्तान कामदार पठाउने संस्था र व्यक्तिलाई आवश्यक कारवाहीका लागि सरकार गम्भीर रहेको र त्यसका लागि यो उद्धार प्रक्रिया सम्पन्न भएपछि सरोकारवाला निकायसँग छलफल गरेर प्रक्रिया अघि बढाइने बताए । सरकारको निर्देशनअनुसार कावा राजदूत मङ्गलबार बिहानै अफगानिस्तानका लागि पहिलो उडानबाट त्यहाँ पुगेर त्यहाँको कम्पनी, अफगान सरकारी प्रतिनिधिसँग भेटघाट तथा अस्पताल पुगेर घाइतेसँग भेट गरेका छन् । मृतकको शव नेपाल ल्याउने र घाइतेको उपचारका लागि आवश्यक तयारी गर्न आजै मन्त्रालयमा उपप्रधान एव्म परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गृह, पर्यटन, श्रम मन्त्रालय तथा नेपाली सेना, नेपाल प्रहरी, नागरिक उड्डयन प्रधिकरण, नेपाल वायुसेवा निगमका उच्च पदाधिकारी सम्मिलित बैठक बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप