मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको विमान काबुल पुग्यो

बुधबार, ०८ असार २०७३, ०७ : ५४
बुधबार, ०८ असार २०७३

काठमाडौँ – १२ नेपालीको शब र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुलमा सफलतापूर्वक अवतरण भएको छ । परराष्ट्र मन्त्रालयले सफलतापूर्वक विमान ल्याण्ड भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ ।

काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् । शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।   सरकारले सो जहाजमार्फत मृतक र घाइतेसँगै नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि विमानको क्षमताअनुसार ल्याउने छ । सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप