मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सन् २००४ पछि युरोमा स्पेन पहिलो पटक पराजित, इटालीसँग भिड्ने

बुधबार, ०८ असार २०७३, १० : ०५
बुधबार, ०८ असार २०७३

पेरिस – आफ्नो अग्रतालाई जोगाउन नसक्दा स्पेन क्रोएसियासँग पराजित हुँदै समूह डी को दोस्रो स्थानमा सिमित बनेको छ ।

सन् २००४ को युरोमा पोर्चुगलसँग पराजित भएपछि स्पेन पराजित भएको पहिलो अवसर हो । युरोपियन च्याम्पियनसिपमा स्पेन पछिल्ला १५ खेलमा अपराजित रहेको थियो ।

स्पेनले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । सिसेक फाब्रिगासको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

तर, क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै निकोला कालिनिचको गोलको मद्दतले खेल बराबरी गर्यो ।

खेलको दोस्रो हाफमा स्पेनले पेनाल्टी पाए पनि सर्जियो रामोशले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

यसको मूल्य स्पेनले ठूलो चुकाउनु पर्यो । इभान पेरिसिचले खेलको अन्त्यतिर गोल गरेपछि स्पेन २–१ ले पराजित बन्यो ।

जीतसँग क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा अन्य समूहको तेस्रो टोलीसँग भिड्ने छ । यता, स्पेनले भने सोमबार इटालीसँग पेरिसमा भिड्नेछ ।

समूहकै अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्ने झिनो आशा कायमै राखेको छ । मंगलबार राती सम्पन्न खेलमा टर्की २–० गोलअन्तरले विजयी बन्यो ।

टर्कीलाई जित दिलाउन बुराक यिल्माज र ओजान तुफानले एक–एक गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप