मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खोला पस्ने डरले ६०० घरपरिवार रातभर जाग्राम

बुधबार, ०८ असार २०७३, ११ : १४
बुधबार, ०८ असार २०७३
मोरङ–पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका हुन् । मुगा खोलाले जमिन कटान गरेर नजिकै आइपुगेको भँगालोले कतिखेर कसलाई बगाउने टुङ्गो नभएपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएको केरावारी–७ का मधुकर राईले बताए । खोलाले धार परिवर्तन गरी कटान गर्न थालेपछि स्थानीयवासीलाई खोलाले गाउँ बगाउला भन्ने चिन्ताले छाएको छ । माथिल्लो पहाडी भेगमा पानी आउन थालेपछि खोलाले बगाउला भन्ने त्रास हुने स्थानीयवासी चिन्तामणि गुरागाईंले बताए । खोला नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेका थिए । तर पहाडी भागमा आएको मुसलधारे वर्षाका कारण एकै रातमा बाढी नियन्त्रण गर्ने स्थानीयवासीको प्रयास असफल पारिदिएको गुरागाईंले बताए । यो वर्षको झरीका कारण पूर्वी बाँध भत्काएर मुगा खोला गाउँ पसेपछि केरावारी–६ र ७ का करिब छ सय घर बाढीको जोखिममा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप