मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्यान्सरपीडित बालिकाद्वारा सहयोगको अपिल

बुधबार, ०८ असार २०७३, ११ : ४६
बुधबार, ०८ असार २०७३

बागलुङ- नौ बर्षको कलिलो उमेरमा ब्लड क्यान्सरवाट पीडित बनेकी जिल्लाको भकुण्डेकी एक बालिकाले सहयोगको अपिल गरेकी छिन् । ब्लड क्यान्सरबाट पीडित बनेकी भकुण्डे–५ की नौ वर्षीया बालिका मनिषा बोहोराले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी हुन् ।

आर्थिक अवस्था कमजोर भएका बोहोराको परिवारले मनिषाको ज्यान बचाउन सक्दो सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । गत २०७२ साल चैत महिनामा उनलाई क्यान्सर भएको थाहा पाएपछि कान्ति बाल अस्पताल, काठमाडाँैमा उपचारका लागि राखिएको परिवार स्रोतले  बताएको छ । उपचारका क्रममा आफूसँग भएको रकम सकिएकाले अहिले उपचारका लागि समस्या भएको क्यान्सरपीडित बोहोराकी आमा माया किसानले बताउनुभयो ।

न्यून आर्थिक अवस्थाका कारण रोजगारीका लागि साउदी पुग्नुभएका मनिषाका बाबु खिमबहादुर किसान पनि छोरी बिरामी भएपछि स्वदेश फर्किनुभएको छ । मनिषाको उपचारका लागि अहिले दैनिक न्यूनतम रु पाँच हजारदेखि रु ६ हजारसम्म खर्च हुने गरेको छ । मनिषाको उपचारका लागि अझै तीन वर्षसम्म अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । बोहोराको उपचारका लागि मनिषा उपचार सहयोग समिति बनाएर मनिषा बचाउ अभियान चलाइएको छ ।

गाउँ नजिकै रहेको चौतारेडाँडा माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत मनिषा गत चैत महिनामा लगातार बिरामी भएपछि उपचारका क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । पीडित बालिकाले आफूलाई बचाउन सबैलाई अग्रह गरेकी छिन् । “मलाई बाँच्ने मन छ, धेरै पढ्ने मन छ, मनाई बचाउनूस्”, मनिषाले भनिन् ।

सहयोगका लागि हिमालयन बैंक बागलुङको खाता नम्बर ०२९०६२११५८००१८ मा सहयोग रकम जम्मा गरिदिन परिवारले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप