मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुलबाट निगमको जहाज काठमाडौंका लागि उड्यो

बुधबार, ०८ असार २०७३, १२ : २१
बुधबार, ०८ असार २०७३

काठमाडौं– काबुल आक्रमणमा मारिएका १२ नेपाली तथा घाइते लिन आज बिहान अफगानिस्थान पुगेको नेपाल वायु सेवा निगमको जहाज केहिबेरअघि काठमाडौंको लागि प्रस्थान गरेको छ । आरएनए २४२२ कल साइनको  जहाज मृतक तथा घाइते लिएर काठमाडौंका लागि प्रस्थान गरेको हो ।

आजै बिहान ३ बजे काठमाडौंबाट उडेको जहाज ७ बजे काबुलमा अवतरण भएको थियो । अफागनिस्तानमा गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी विमानमा मृतक र घाइतेका साथै घर फर्कने चाहने केहि नेपालीहरुलाई ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् ।

विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।

सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप