मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सले सामाजिक संस्थालाई १२ लाख २४ हजार दियो

बुधबार, ०८ असार २०७३, १३ : १४
बुधबार, ०८ असार २०७३
काठमाडौ–यती एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायीत्व अन्र्तगत विभिन्न सामाजिक संस्थालाई १२ लाख २४ हजार ९२ रुपैयाँ सहयोग गरेको छ । एयरलाइन्सले ह्याबिट्याट फर ह्युमानिटी, द युनाइटेड मिसन टु नेपाल (यूएमएन), ब्लिंकनाउ फाउन्डेसन र वल्र्ड भिजन इन्टरनेशनललाई ३ लाख ६ हजार २३ रुपैयाँ आर्थिक सहयोग गरेको हो । एयरलाइन्समा यात्रा गर्दा प्रत्येक पटक यात्रीवाट सामाजिक उत्तरदायीत्वका लागि ४ रुपैयाँ योगदान गर्नुपर्ने भएकाले यात्रुले गरेको सो योगदानको रकमवाट नै अहिले सहयोग भएको एयरलाइन्सले जनाएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको सहयोग वापत् एक करोड ५३ लाख ९ हजार ९ सय २० रुपैंंयाँ विभिन्न सामाजिक काम गर्ने संस्थाहरुलाई वितरण गरिसकेको जनाएको छ । यती ग्रुप अफ कम्पनीजले भुकम्पबाट प्रभावितहरुका लागि आफ्नै पहलमा ४० लाख उपलब्ध गराइसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप