मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक बालक छ दिनदेखि बेपत्ता

बुधबार, ०८ असार २०७३, १३ : १८
बुधबार, ०८ असार २०७३
बैतडी– बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका एक बालक विगत छ दिनदेखि बेपत्ता भएका छन् । स्थानीय दुर्गास्थान उच्च माविमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द छ दिनदेखि बेपत्ता भएका हुन् । गत असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले जानकारी दिए । “जेठ ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको थियो,” उनले भने “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी ग¥यौँ तर केही पत्तो लागेन ।” बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको समेत उनले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैसँग आग्रह गरेका छन् । गहुँगोरो वर्ण, ५ फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजीकार्य जारी राखेको बताए । बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाटलगायतका अन्य क्षेत्रका सबै प्रहरी चौकीलाई खबर गरी बेपत्ता बालकको खोजी गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप