मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किराको प्रकोप व्यवस्थापन गर्न किसानलाई आग्रह

बुधबार, ०८ असार २०७३, १३ : ५३
बुधबार, ०८ असार २०७३

सिन्धुली– जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसानलाई जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

दुई वर्षदेखि जुनारमा रोग देखिएपछि कार्यालयले किसानलाई यस्तो आग्रह गरेको हो । बेलैमा रोकथामको उपाय गरे फलमा सङ्क्रमण नहुने भएकाले बगैँचाको रेखदेख र व्यवस्थापन गर्न किसानलाई आवश्यक परामर्श र बगैंचा व्यवस्थापनमा चाहिने आवश्यक सामाग्री निःशुल्क वितरण गरेको कार्यालयका कृषिप्रसार अधिकृत विजय मण्डलले जानकारी दिए । ‘मिनाकश’ नामको किराले माटोमुनी फूल पार्ने र त्यसबाट लार्भा उत्पादन भई फल कुहाउने गरेको छ । लार्भा विकसित भई वयस्क अवस्थामा आएपछि यसले जुनार फलमा किरा पार्छ । बेलैमा बगैँचा व्यवस्थापन गरेमा यसबाट किसानले मुक्ति पाउने मण्डलले बताए । कार्यालयले मिनाकश जातको किरा मार्ने अभियान जारी राखेको छ । जुनारमा देखिएको रोगकिराका कारण रु ६० लाखको लागानीमा निर्माण भएको चिस्यान केन्द्र प्रयोगमा आउन नसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप