मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल आक्रमणमा मारिएका १२ नेपालीको घरमै पुर्याउन माग

बुधबार, ०८ असार २०७३, १३ : ५८
बुधबार, ०८ असार २०७३

काठमाडौं– व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उनीहरुकै घरमा पुर्याउन सरकारको ध्यानकर्षण गराएका छन् ।

उनीहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिए । उनीहरुले भूकम्पपीडित जनतालाई आवास निर्माण रकम दु्रत गतिमा वितरण गर्नसमेत माग गरे ।

यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवचन्द्र चौधरी, शेषनाथ अधिकारी, सरस्वती वजिमिया, सरुवाखान हलुवाई, हितराज पाण्डे, सिद्धिलाल सिंह, सूर्यप्रकाशवाला राई, सञ्जयकुमार गौतम, हरिबहादुर राजवंशी, ज्ञानकुमारी छन्तेल थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप