मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल आक्रमणमा मारिएका १२ नेपालीको शब काठमाडौं ल्याइयो

बुधबार, ०८ असार २०७३, १४ : ५४
बुधबार, ०८ असार २०७३

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलबाट १२ नेपालीको शब लिएर नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छ। बुधबार दिउँसो २ बजेर ४० मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको हो ।

बिमानमा  मृतक र त्यहाँ कार्यरत २४ जनालाई नेपालीलाई ल्याइएको छ भने घाइतेहरुलाई भने अर्को विमानमार्फत दिल्ली पठाइएको छ ।

मृतक तथा घर फर्कन चाहनेहरुलाई ल्याउने गरि निगमको जहाज बुधबार बिहान काबुल पुगेको थियो । आरएनए २४२२ कल साइनको जहाज बिहान ७ बजे काबुलमा अवतरण भएको थियो । अफगनिस्तानमा गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी विमानमा मृतक र घर फर्कने चाहने २४ नेपालीहरुलाई ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका थिए । विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए । सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।

काबुल घटनामा घाइते मध्ये पाँच जनालाई अर्कै विमानबाट दिल्ली लगियो 

काबुलबाट श्रीमानले ‘मेरो चिन्ता नलिनू’ भनेको तीन दिनपछि मृत्युको खबर 

काबुल आक्रमणमा मारिएका नेपालीको शब बुझ्न प्रधानमन्त्री विमानस्थलमा 

 फोटोः सञ्जिव दाहाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप