मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी बिते काबुल आक्रमणपछिका ५८ घण्टा

बुधबार, ०८ असार २०७३, १६ : ००
बुधबार, ०८ असार २०७३

– सोमबार बिहान ५ः४० बजे बजे काबुलमा रहेको क्यानेडियन दूताबासमा कार्यरत नेपाली सुरक्षा गार्ड बोकेको मिनि बसमा आत्मघाती आक्रमण ।

– आक्रमणलगत्तै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएसँगै नेपालमा हल्लीखल्ली । लगत्तै सरकारद्वारा कुटनीतिक च्यानलमार्फत सोधपुछ सुरु ।अफगानिस्थानमा नेपाली दूतबास नरहेकाले पाकिस्तानस्थित नेपाली दूताबास सक्रिय ।

– घटनामा १२ नेपालीको मृत्यु र ७ जना घाइते । पूरा देश शोकमग्न । दुई भारतीय नागरिकको समेत मृत्यु ।

– सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भरत पौडेलले काबुल घटनामा १२ नेपाली मारिएको पुष्टि गर्दै थप ७ जना घाइते समेत भएको जानकारी दिए । सो पत्रकार सम्मेलनमा मृतक र घाइतेको विवरण पनि उपलब्ध गराइयो ।

– पाकिस्तानबाट नेपाली राजदूताबासका कार्यबाहक राजदूत तीर्थराज अर्याल काबुल प्रस्थान । सरकारको निर्देशनअनुसार मंगलबार बिहान काबुल पुगेका कार्यबहाक राजदूतले त्यहाँ पुगेर नेपाली कार्यरत कम्पनी, अफगानी सरकारी प्रतिनिधि र अस्पताल पुगेर घाइतेसँग भेट गरे । घटनापछि सबै राजनीतिक दल र सरकारद्वारा भत्सर्ना ।

– मंगलबार र बुधबार गरी घटनामा घाइते ७ जनालाई उपचारका लागि दिल्ली पुर्याइयो ।

– मंगलबार बिहान सरकारद्वारा आत्मघाती आक्रमणमा मृत्यु भएकाको शब र घाइतेलाई उद्दार गर्न विमान पठाउने निर्णय । अफगानिस्तानमा कार्यरत नेपालीहरुलाई घर फर्कन चाहे बिमानमा निशुल्क सेवा । – मंगलबार दिउँसो परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी घटनाको बारेमा थप जानकारी दियो । – मंगलबार दिउँसो बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुखद्वारा दुःख व्यक्त । एमाले सांसद चूडामणि विक ‘जंगली’ हत्याको छानबिन गर्न माग गरे ।

– मंगलबार साँझ अफगानी राष्ट्रपति असरफ घानी अहमदजाईले राष्ट्रपति विद्यादेबी भण्डारीलाई टेलिफोन गरी आत्मघाती हमलामा नेपालीले ज्यान गुमाएको प्रति दुःख व्यक्त गरे ।

– बुधबार बिहान तीन बजे काठमाडौंबाट नेपाल वायु सेवा निगमको विमान काबुल प्रस्थान । काबुल घटनामा मारिएका बुटवल १३ देबी नगरका जीतेन्द्र सिंह थापाका परिवारले शब घरमै ल्याइदिन आग्रह गरे भने दिउँसो व्यवस्थापिका संसदको बैठकमा सांसदहरुले मृतकहरुको शब घरसम्मै पुर्याइदिन सरकारसँग आग्रह गरे ।

– बुधबार नै राष्ट्रसंघका महासचिव बानकी मुनले विज्ञप्ती जारी गर्दै काबुल घटनाको भत्सर्ना गरे ।

– मृतकको शब र घर फर्कन चाहेका २४ जनालाई लिएर विमान सवा १२ बजे काठमाडौंको लागि प्रस्थान ।

– बिहान १० बजेदेखि नै मृतक र चाटर्टमार्फत फर्किएका सुरक्षा गार्डका आफन्त विमानस्थल परिसरमा पुगे ।

– २ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण ।

– प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापालगायतका सरकारी अधिकारीहरु शब बुझ्न विमानस्थलमा पुगे ।

– शब आएलगत्तै मृतकका परिवार र आफन्तको रोइकराईले त्यहाँको अवस्था निकै भावुक बन्यो । विमानस्थलमा पुगेका अन्य मानिसहरुको समेत आँखा रसाए ।

– विमानस्थाल पुगेका प्रधानमन्त्रीसहितका सरकारी अधिकारी र आफन्तले मृतकप्रति श्रद्धाञ्जली दिए । छोटो मन्तब्यमा प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै क्षतिपूर्तिका लागि सरकारले आवश्यक निर्णय लिने बताए । – गृह प्रवक्ता यादव कोइरालाले मृतकको शब मृतककै घरमै पुर्याउन दुई ओटा हेलिकप्टर तयार पारिएको र मौसमले साथ नदिए शब बहानमार्फत पठाइने व्यवस्था मिलाइएको बताए । – बुधबार दिउँसो ३ः४० बजे मृतकको शब आफन्तलाई बुझाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप