मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार १८.७० अंकले बढ्यो, नेप्से परिसूचक १६४७.५१ अंकमा

बुधबार, ०८ असार २०७३, १७ : ०१
बुधबार, ०८ असार २०७३

काठमाडौं–साताको चौथो दिन पनि सेयरबजार वृद्धि भएको छ । आज सेयर बजार १८.७० अंकको वृद्धिसहित नेप्से परिसूचक १६४७.५१ अंकको विन्दुमा पुगेर अडिएको छ । यो साताको आइतवार र सोमवार सेयरबजार ओरालो लागेपनि मंगलवारवाट भने बजार बढ्न थालेको हो । आज अन्य समूह बाहेक सबै समूहको परिसूचक बढेको छ ।

आज १ सय ३६ कम्पनीका २२ लाख ९४ हजार ७ सय ३६ कित्ता सेयर किनबेच भएको छ । त्यो सेयर किनबेचबाट एक अर्ब ७८ करोड १७ लाख ५४ हजार ३ सय ८९ रुपैयाँ कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बीमा समूहले गर्दा आजपनि सेयर बजार उचालिएको हो ।

बीमाको परिसूचक २०३.९८ अंकले बढेको छ भने जलविद्युतको ७५.३१, होटल समूहको ५३ अंकले बढेको छ । यस्तै, उत्पादनमुलक समूहको परिसूचक ३५.८, बैकिङ समूहको सूचक १२.४८, विकास बैंक समूहको १३.२७ र फाइनान्स ११.५७ अंकले बढेको छ ।

यस्तै, मंगलवार सेयरबजार १३.७१ अंकले बढेको थियो । नेप्से परिसूचक १६२८.८१ मा पुगेर अडिएको थियो । एक अर्ब २१ करोड कारोवार भएको सो दिन बीमाको सूचक १७३ अंक र बैंक समूहको सूचक ११ अंकले बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप