मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाढी पहिरोको अनुगमन तथा उद्धारका लागि अनुगमन टोली गठन

बुधबार, ०८ असार २०७३, १८ : ०२
बुधबार, ०८ असार २०७३

काठमाडौ –वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिचाई मन्त्रालयले सात सदस्यीय अनुगमन टोली गठन गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप पाठकको संयोजकत्वमा गठन भएको टोलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्नुको साथै अनुगमन गर्ने सिचाई मन्त्री उमेशकुमार यादवले जानकारी दिए । देशैभरि आएको बाढी पहिरोको बारेमा छलफल गर्न मन्त्री यादवले आज मन्त्रालयमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, सिचाई विभागका महानिर्देशक रमानन्द यादव, जलउत्पन्न विभागका निरञ्जन देव पाण्डेलाई बोलाएर सो टोली गठन गरेका हुन् । साथै, जिल्लाका डिभिजन कार्यालयहरुलाई पनि बाढी पहिरोको अनुगमन गरी केन्द्रमा रिर्पोट गर्न निर्देशन दिएको छ । हिजो दिनभरिको वर्षाले झापा, मोरगं, सुनसरीमा आएको बाढीले धनजनको क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप