मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा मृत्यु भएका आठ शव सम्बन्धित जिल्लामा

बुधबार, ०८ असार २०७३, २२ : २६
बुधबार, ०८ असार २०७३
काठमाडौँ - नेपाली सेनाले अफगानिस्तानको काबुलमा भएको घटनामा परी ज्यान गुमाएका आठ जनाको शव सम्बन्धित जिल्लामा पु¥याउन सहयोग गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नुवाकोट, लमजुङ र पर्वत ठेगाना भएका पाँच व्यक्तिको शव एमआइ १७ मार्फत आजै पु¥याइसकिएको छ । त्यसैगरी, सेनाको हवाइजहाजमार्फत भैरहवा, विराटनगर र भरतपुर तीन वटा शव पु¥याइएको बताइएको छ । उक्त घटनामा ज्यान गुमाएका १२ जना नेपालीको शव आजै काबुलबाट काठमाडाँै ल्याइएको थियो । घटनामा ज्यान गुमाउनेमा काठमाडौँका चन्द्रबहादुर रानामगर, विदुरबहादुर सुवेदी क्षेत्री, हरिबहादुर बरुवाल क्षेत्री, नुवाकोटका लिलबहादुर गुरुङ, डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लमजुङका अमितबहादुर थापा, चितवनका कृष्णबहादुर ढुङ्गाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप